संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण प्रक्रिया तत्काल अघि बढाउन कोहलपुर नगरपालिकासँग माग गरेको छ।

पार्टीको कोहलपुर नगर समितिले नगर प्रमुखलाई सम्बोधन गर्दै पत्र बुझाएर भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत अघि बढिरहेको जग्गा नापजाँच तथा प्रमाणपुर्जा वितरण प्रक्रियालाई अविलम्ब अगाडि बढाउन आग्रह गरेको हो।

नगर समितिका अनुसार आयोग गठन भएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि कोहलपुर नगरपालिकाका कुनै पनि वडाबाट आवश्यक सिफारिस भूमि आयोगमा नपठाइएको भन्दै समितिले असन्तुष्टि व्यक्त गरेको छ। नगरपालिकाबाट हुनुपर्ने सिफारिस तथा प्राविधिक काममा भएको ढिलाइका कारण हजारौँ नागरिक आफ्नो संवैधानिक अधिकारबाट वञ्चित हुनुपरेको समितिको भनाइ छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले स्थानीय तहलाई भूमिहीन नागरिकलाई लालपुर्जा वितरणमा सहजीकरण गर्न सार्वजनिक रूपमा आग्रह गरेको तथा आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको विषयलाई समेत उल्लेख गर्दै रास्वपाले कोहलपुर नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

नगर समितिले नगरपालिकासमक्ष चारबुँदे माग अघि सारेको छ।

पहिलो, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको जग्गा नापजाँच र प्रमाणित गर्ने कार्यलाई तीव्रता दिनुपर्ने।

दोस्रो, नगरपालिकाबाट जिल्ला भूमि आयोगमा पठाउनुपर्ने सम्पूर्ण सिफारिस तथा कागजी प्रक्रिया आगामी पाँच दिनभित्र सम्पन्न गर्नुपर्ने।

तेस्रो, वास्तविक सुकुम्बासीहरूको पहिचान गरी पारदर्शी ढङ्गले जग्गा वितरणको कार्यतालिका सार्वजनिक गर्नुपर्ने र त्यसमा जनप्रतिनिधिको भूमिका सुनिश्चित गर्नुपर्ने।

चौथो, होल्डिङ सेन्टरमा राखिएका वास्तविक भूमिहीनहरूलाई यथाशीघ्र जग्गाको व्यवस्थापन गरी लालपुर्जा वितरण गर्नुपर्ने।

रास्वपा कोहलपुर नगर समितिले भूमिहीन नागरिकको वर्षौँदेखिको समस्या समाधानमा स्थानीय सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै जग्गा वितरण प्रक्रियामा थप ढिलाइ नगर्न आग्रह गरेको छ।

नगर समितिका नगर सचिव जीवन सुवेदीद्वारा हस्ताक्षरित उक्त पत्रमा भूमिहीन नागरिकको समस्या समाधानका लागि नगरपालिकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech