संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर, बाँके । कोहलपुर नगरपालिका–६ मा रहेको बीभीएम सेकेण्डरी स्कुलले रसुवामा गएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि १ लाख ६ हजार २ सय २५ रुपैयाँ राहत सहयोग गरेको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट रकम संकलन गरी बाढीपीडितका लागि सहयोग गरिएको विद्यालयका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

अध्यक्ष सुवेदीले नेपालको यस दुःखद् घडीमा पीडित परिवारलाई सानो भए पनि सहयोग गर्न पाउँदा विद्यालय परिवारले आफूलाई सामाजिक उत्तरदायित्व पूरा गरेको महसुस गरेको बताउनुभयो । उहाँले राहत संकलनमा विद्यार्थी, शिक्षक तथा कर्मचारीले हातेमालो गर्दै उत्साहपूर्वक सहभागिता जनाएको उल्लेख गर्नुभयो ।

प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएकाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा विद्यालय परिवारले सहयोग गर्दै जाने अध्यक्ष सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech