संवेग न्यूज
ट्रेण्डिङ

जुम्ला। स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले पत्रकार कर्णबहादुर भण्डारीलाई ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरेको छ ।

प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष शुभाकर विश्वकर्माका अनुसार जुम्लालाई कार्यक्षेत्र बनाएर करिब १८ वर्षदेखि पत्रकारितामा सक्रिय भण्डारीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

६६ वर्षको उमेरमा पनि पत्रकारितामा सक्रिय भण्डारीले जुम्लाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन । उनको पत्रकारिताप्रतिको सक्रियता र योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

कर्णाली क्षेत्रमा रहेर निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको यो पुरस्कार पाँचौँ संस्करण हो। यसअघि चार जना पत्रकारले उक्त पुरस्कार प्राप्त गरिसकेका छन ।

जुम्लाको विकास, सुशासन र पारदर्शिताका क्षेत्रमा पत्रकारितामार्फत योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech