संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर, बाँके । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कोहलपुर–११ बाँकेको ८औँ वार्षिक साधारणसभा सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सम्पन्न भएको छ ।
२०८३ असोज १९ गते आयोजित साधारणसभामा प्रमुख अतिथि बलबहादुर खड्का तथा विशिष्ट अतिथि नितेश शर्मा रहेका थिए । कार्यक्रममा संस्थाका अध्यक्षले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हासिल गरेका उपलब्धि, सञ्चालन गरिएका गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।
त्यस्तै, कोषाध्यक्ष राधिका तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय तथा समग्र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन ।  मिना शाहीले स्वागत मन्तव्य राखेकी थिइन ।
साधारणसभामा पारस्परिक सहयोग, स्वावलम्बन, समानता, लोकतान्त्रिक सहभागिता, पारदर्शिता, सदस्यको आर्थिक तथा सामाजिक हित लगायत सहकारीका मूल्यमान्यतालाई व्यवहारमा लागू गर्दै संस्थालाई थप सुदृढ र सदस्यकेन्द्रित बनाउने विषयमा जोड दिइएको थियो ।

कार्यक्रममा सञ्चालक समिति तथा लेखा समितिका सदस्य, कर्मचारी र शेयर सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले संस्थाको प्रगति, सेवा प्रवाह, आर्थिक अनुशासन तथा आगामी योजनाका विषयमा छलफल गर्दै आवश्यक सुझावसमेत दिएका थिए ।
कार्यक्रमको सञ्चालन शुभाकर विश्वकर्माले गरेका थिए । ८औँ वार्षिक साधारणसभा संस्थालाई थप पारदर्शी, उत्तरदायी, सुदृढ र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech