संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर, बाँके — प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. १ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ । यसैक्रममा उम्मेदवार सूर्य ढकाल मतदाताकाे नजरमा काे हुन भन्ने  उद्देश्यले “जन संवाद” कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम संचार यात्रा प्रा. ली. को आयोजनामा २०८२ फागुन १३ गते बिहान ८:०० बजे होटल सुनाखरी मा सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, व्यवसायी, युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी मतदातासँग उम्मेदवार ढकालप्रति जनताको धारणा, अपेक्षा र सुझावका विषयमा खुला छलफल गरिएको थियो ।

जनताको भावना: “सादगी र पहुँचयोग्य नेता”

उपस्थित अधिकांश मतदाताले सूर्य ढकाललाई सादगी, सरल र जनताको भावना बुझ्ने नेताका रूपमा चित्रित गरे । “हामीलाई ठूला आश्वासनभन्दा व्यवहारिक काम चाहिएको छ,” एक स्थानीय युवाले भने, ढकालज्यूले गाउँटोलमै आएर कुरा सुन्नु भएको छ, त्यसैले उहाँप्रति भरोसा बढेको छ ।

केही व्यवसायीले स्थानीय स्तरमा रोजगारी सिर्जना र साना तथा मझौला उद्यम प्रवर्द्धनमा स्पष्ट योजना ल्याउन आग्रह गरे । कृषकहरूले कृषि उत्पादनको उचित मूल्य, सिँचाइ सुविधा र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे ।

महिला सहभागीहरूले शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । स्वास्थ्य सेवा सहज र गुणस्तरीय हुनुपर्छ, ग्रामीण क्षेत्रमा अझै पहुँचको समस्या छ, एक महिला सहभागीले बताइन् ।

विकास र रोजगारी मुख्य एजेन्डा

कार्यक्रममा ढकालले स्थानीय तहमा दिगो विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा सुधारलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको उल्लेख गरिएको थियो । उपस्थित स्थानीयहरूले यी एजेन्डा कार्यान्वयन गर्न सक्ने क्षमता ढकालसँग रहेको विश्वास व्यक्त गरेका छन् ।

चुनाव नजिकिँदै जाँदा घरदैलो अभियान, भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिइरहेका ढकाल मतदातासँग प्रत्यक्ष संवादमार्फत आफ्नो पक्षमा समर्थन जुटाउने रणनीतिमा केन्द्रित देखिन्छन् ।

प्रतिस्पर्धा रोचक बन्दै

बाँके क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू सक्रिय रहेकाले चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । यद्यपि, मतदाताको भावना बुझ्न र प्रत्यक्ष संवादमार्फत विश्वास जित्न खोजिएको यो कार्यक्रमले चुनावी माहोललाई थप चलायमान बनाएको स्थानीयहरूको भनाइ छ ।

समग्रमा, ‘जन संवाद’ कार्यक्रमले मतदाताको अपेक्षा, असन्तुष्टि र आशालाई सार्वजनिक रूपमा अभिव्यक्त गर्ने मंच प्रदान गरेको देखिएको छ । चुनावी सरगर्मी बढ्दै जाँदा यस्ता संवाद कार्यक्रमहरूले मतदाताको निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषकहरूको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech