नेपालगन्ज । बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१९ कठीपुरस्थित चक्रे विकको घरकोठामा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले २०८३ असोज १२ गते चक्रे विकको घरमा खानतलासी गर्दा लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ शुद्ध तौल ३ ग्राम ४५० मिलिग्राम बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, ३२ वर्षीय चक्रे विक, २० वर्षीय बबिराम रोका मगर, बर्दिया गुलरिया नगरपालिका–१ बस्ने ४८ वर्षीय राजेन्द्र कुमाल र कैलाली चुरे गाउँपालिका–३ बस्ने २४ वर्षीय महेश मल्ल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले बरामद गरेको सामान
- लागूऔषध ब्राउन सुगर — ३ ग्राम ४५० मिलिग्राम
- विभिन्न कम्पनीका मोबाइल फोन — ५ थान
- नेपाली नगद — रु. ७,२३०
जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध नियन्त्रण तथा अनुसन्धानलाई निरन्तरता दिइरहेको जनाएको छ।

