संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर । कोहलपुर महोत्सव विवादै–विवादको घेरामा रहे पनि यसको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । हस्पिटलजस्तो संवेदनशील क्षेत्रमा पुग्ने मुख्य सडक अवरुद्ध हुने गरी संरचना निर्माण गरिएको, सार्वजनिक बाटो मिचिएको र नियमविपरीत अनुमति दिइएको आरोपसँगै महोत्सवको विरोध चर्किँदै गएको छ । विरोध गर्ने पक्षले महोत्सवका कारण सर्वसाधारण, बिरामी र सेवाग्राहीलाई आवत–जावतमा गम्भीर समस्या परेको भन्दै स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालदेखि सडकसम्म आलोचना तीव्र बनेको छ। यद्यपि आयोजक संस्था उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्षले सबै आरोप अस्वीकार गर्दै महोत्सव विकास, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि आवश्यक रहेको दाबी गरेका छन् ।

“केही असहमति र विरोधका नाममा विकास रोकिन्न,” अध्यक्षले भने, “सबै निकायसँग समन्वय गरेर महोत्सव आयोजना हुँदैछ ।”

आयोजकका अनुसार स्टल व्यवस्थापन, सुरक्षा, सरसफाइ तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव तोकिएको मितिमै सञ्चालन हुने उनीहरूको भनाइ छ । तर विवाद समाधान र जनसरोकारका विषयमा स्पष्ट जवाफ नआएसम्म विरोध जारी रहने संकेत स्थानीयले दिएका छन् । यसले कोहलपुर महोत्सव सफल आयोजना कि विवादको केन्द्र—भन्ने प्रश्न अझै खुला नै राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech