संवेग न्यूज
ट्रेण्डिङ

धनगढी, असार २७ — नेपाल मगर विद्यार्थी संघ, सुदूरपश्चिम प्रदेश समितिले शैक्षिक सत्र २०८२/०८३ को एसईई र राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) अन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका मगर समुदायका विद्यार्थीलाई सम्मान गरेको छ।

धनगढी–५, हसनपुरस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा आयोजित सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरेका एसईईतर्फ ३.०० वा सोभन्दा बढी जीपीए ल्याउने २९ जना तथा एनईबी (कक्षा १२) तर्फ उत्कृष्ट नतिजा हासिल गरेका १७ जना गरी कुल ४६ जना विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो।

सम्मानित हुनेमध्ये कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ स्थित ओम पुष्पाञ्जली इङ्लिस स्कुलकी छात्रा कृष्णा रोकाय मगर पनि रहनुभएको छ। उहाँले एसईई परीक्षामा ३.२३ जीपीए प्राप्त गरी उत्कृष्ट सफलता हासिल गरेपछि नेपाल मगर विद्यार्थी संघले उहाँलाई प्रशंसापत्रसहित सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर रहनुभएको थियो। कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत श्रीस मगर, सचिव महेश थापा मगर, मगर समुदायका अगुवा, बुद्धिजीवी, विद्यार्थी, अभिभावक तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“संस्कार र संस्कृति सहितको शिक्षा, अध्ययनसँगै उद्यमशीलता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वक्ताहरूले मगर समुदायका विद्यार्थीलाई शैक्षिक उत्कृष्टतासँगै आफ्नो भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षणमा सक्रिय हुन आग्रह गरेका थिए। उनीहरूले शिक्षा नै समुदायको समृद्धि र सशक्तीकरणको आधार भएकाले विद्यार्थीलाई अध्ययनसँगै नेतृत्व, सीप र उद्यमशीलतामा पनि अघि बढ्न प्रेरित गरे।

कार्यक्रममा सम्मानित विद्यार्थीहरूलाई अबिर, अक्षता, परम्परागत खादा तथा सम्मानपत्र प्रदान गरिएको थियो। संघले सम्मानित सबै विद्यार्थीको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech