संवेग न्यूज
ट्रेण्डिङ

नेपालगंज – फलोअप स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा थप विवाद उत्पन्न भएकाे छ । घटनाको छानबिन जारी रहेका बेला मृतक परिवारले उपचारमा संलग्न नभएका चिकित्सक डा. संजिव तिवारीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन ।
मृतकका श्रीमान अमृत श्रेष्ठले अस्पताल प्रशासन तथा उपचारमा संलग्न चिकित्सकहरूले हालसम्म मृत्युको स्पष्ट कारण जानकारी नगराएको आरोप लगाएका छन । उनका अनुसार घटनाबारे सत्यतथ्य सार्वजनिक नभएको अवस्थामा अस्पतालसँग असम्बन्धित चिकित्सक डा. संजिव तिवारीको अभिव्यक्तिले पीडित परिवारलाई थप आक्रोशित बनाएको छ ।
श्रेष्ठले डा. तिवारीले टेलिफोन संवादका क्रममा दबाबमूलक वा धम्कीपूर्ण शैलीमा कुरा गरेको देखिएको दाबी गर्दै त्यसबारे समेत छानबिन हुनुपर्ने माग गरे साथै डा. तिवारीले उपमहानगरपालीकालाइ नै अस्पताल चलाउन भनेको प्रष्ट सुन्न सकिन्छ ।“मृत्युको कारण नै स्पष्ट गर्न नसक्ने अस्पताल, उपचारमा संलग्न चिकित्सक तथा अनुसन्धानलाई प्रभावित पार्ने खालका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइनुपर्छ,” उनले भने ।
यस विषयमा प्रतिक्रिया माग्दा डा. ‍ संजिव तिवारीले पीडित परिवारले न्याय पाउनुपर्ने र गल्ती गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही हुनुपर्ने धारणा व्यक्त गरे तर, उनले अनुसन्धानको नाममा अस्पताल बन्द गर्न नहुने बताए ।
“स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर अनुसन्धान अवधिभर अस्पताल बन्द गर्न पत्राचार गर्नु कानुनी रूपमा उचित हुँदैन। अनुसन्धान हुनुपर्छ, तर अस्पताल बन्द गरिनु हुँदैन,” डा. तिवारीले भने ।
उनले स्वास्थ्य संस्थामा विभिन्न प्रकृतिका घटना हुने गरे पनि अनुसन्धानको प्रक्रिया अघि बढाउँदा अस्पतालको सेवा नै अवरुद्ध गरिनु उपयुक्त नहुने आफ्नो धारणा रहेको स्पष्ट पारे । मेडिकल काउन्सिलबाट अनुसन्धान भइरहेको अवस्थामा आफ्नो भनाइलाई अन्यथा बुझिएको हुन सक्ने उनको तर्क छ ।
यद्यपि, पीडित परिवारले भने अनुसन्धानकै क्रममा यस्ता अभिव्यक्तिहरू सार्वजनिक हुँदा निष्पक्ष छानबिन प्रभावित हुन सक्ने आशंका व्यक्त गरेको छन ।
घटनाबारे सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ । मृतक परिवारले मृत्युको वास्तविक कारण सार्वजनिक गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषी देखिने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कारबाही गर्न माग दोहोर्‍याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech