संवेग न्यूज
ट्रेण्डिङ

काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका–५ स्थित ब्रिज इन्टरनेसनल स्कुलले नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा विद्यार्थीहरूलाई टीका तथा दक्षिणासहित बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा तथा विद्यालयका सञ्चालक समिर घर्ती लगायत शिक्षिकाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थीहरूलाई दशैंको शुभकामना दिँदै टीका तथा दक्षिणा प्रदान गरिएको थियो। चाडपर्वको अवसरमा विद्यार्थीहरूमा खुसी साटासाट गर्ने, आपसी सद्भाव कायम गर्ने तथा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

दशैं नेपाली समाजमा पारिवारिक मिलन, आपसी प्रेम, सद्भाव र आशीर्वाद साटासाट गर्ने महत्त्वपूर्ण पर्वका रूपमा परिचित छ। विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै नेपाली संस्कार, संस्कृति र परम्पराबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई महत्त्व दिँदै आएको छ।

कार्यक्रमले विद्यार्थीहरूमा दशैंप्रतिको उत्साह थप्नुका साथै विद्यालय, शिक्षक तथा विद्यार्थीबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

यस अवसरमा विद्यालयले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै बडादशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech