संवेग न्यूज
ट्रेण्डिङ

महेन्द्रनगर, कञ्चनपुर ।

विगत करिब २५ वर्षदेखि बन्द रहेको महेन्द्रनगरको मझगाउँ विमानस्थल पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला विमानस्थलको धावनमार्ग (रनवे) क्रस गरेर लगिएको विद्युतको मुख्य प्रसारण लाइन प्रमुख अवरोध बनेको छ।

विमानस्थलको निर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भइसकेको र केही दिनभित्रै परीक्षण उडान (टेस्ट फ्लाइट) गर्ने तयारी भइरहेका बेला विद्युत लाइन व्यवस्थापन नभएकाले अन्योल सिर्जना भएको हो।

यसै विषयलाई लिएर मझगाउँ विमानस्थल पुनः स्थापना समिति, स्थानीय जनप्रतिनिधि तथा अगुवाहरूको टोलीले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर सन्तोष श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

समितिका संयोजक रमेश चन्द र सचिव राजेन्द्र चन्दद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि रनवेभित्र रहेको विद्युत प्रसारण लाइन व्यवस्थापन नभएको भन्दै परीक्षण उडानअघि नै अविलम्ब समस्या समाधान गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्रमा विमानस्थलको पुनःनिर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको उल्लेख गर्दै विद्युत लाइन हटाउन ढिलाइ भए परीक्षण उडान तथा विमानस्थल सञ्चालनमै असर पर्ने चेतावनी दिइएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा भीमदत्त नगरपालिकाका कार्यवाहक मेयर केशव बिष्ट, समितिका संयोजक रमेश चन्द, सचिव राजेन्द्र चन्द, स्थानीय अगुवा दिपेन्द्र सिंह ऐरी र हिरा चन्दको उपस्थिति रहेको थियो।

ज्ञापनपत्र बुझ्दै वितरण केन्द्र प्रमुख इन्जिनियर सन्तोष श्रेष्ठले आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्।

स्थानीयका अनुसार सुदूरपश्चिमको पर्यटकीय तथा रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको मझगाउँ विमानस्थल विद्युत प्रसारण लाइनकै कारण पुनः सञ्चालनमा ढिलाइ हुन नदिन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech