संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका बेला सम्पर्कविहीन भएका १४ जना महिला सकुशल घर फर्किएका छन । जंगलमा हराएको खबर फैलिएसँगै तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि उनीहरू आज दिउँसो आफैँ घर फर्किएका हुन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार महिलाहरू सम्पर्कमा आएपछि प्रशासनको टोलीले घरमै पुगेर उनीहरूको अवस्था बुझेको छ । उनीहरू सकुशल रहेको पुष्टि भएपछि खोजी अभियान रोकिएको छ ।

महिलाहरूले दिएको जानकारीअनुसार च्याउ खोज्ने क्रममा जंगलभित्र बाटो छुटेपछि उनीहरू बाहिर निस्कन सकेनन । अँध्यारो परेपछि रातभर जंगलमै बसेका उनीहरू बिहान उज्यालो भएपछि बाटो पहिल्याउँदै घर फर्किएका हुन ।

महिलाहरू हराएको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त खोजी अभियान सञ्चालन गरेका थिए । जंगलको विशाल क्षेत्र भएकाले ड्रोन प्रयोग गरेर खोजी गर्ने तयारी भइरहेका बेला महिलाहरू आफैँ सुरक्षित फर्किएका हुन ।

ती महिलाहरू आइतबार बिहान च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेका थिए । उनीहरूसँग मोबाइल फोन नभएकाले सम्पर्क हुन नसकेको थियो । रातिसम्म घर नफर्किएपछि परिवारका सदस्यले निकुञ्ज प्रशासन र सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।  हराएकामध्ये नौ जना एउटै परिवारका सदस्य रहेको जनाइएको छ ।

यसअघि शुक्लाफाँटा क्षेत्रकै बेलडाँडीमा हराएका तीन जना भने आइतबार नै फेला परेका थिए ।

स्थानीय तहका अनुसार सम्पर्कविहीन भएका महिलाहरू चौधरी र दलित समुदायका हुन । उनीहरू कृषि तथा दैनिक श्रममा निर्भर परिवारका सदस्य हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech