संवेग न्यूज
ट्रेण्डिङ

साउन ०८ऽ काठमाडौं – मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले आफ्नो १४औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उहाँले सहयोगी संस्था, विज्ञापनदाता तथा उत्कृष्ट सवारी चालकलाई कदरपत्र प्रदान गर्नुका साथै ट्राफिक जनचेतनामूलक गीतको विमोचन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले मेट्रो ट्राफिक एफएमले स्थापना कालदेखि नै ट्राफिक व्यवस्थापनमा सहयोग, सडक सुरक्षा तथा ट्राफिक सचेतना अभिवृद्धि, सडक दुर्घटना न्यूनीकरण र सुरक्षा सम्बन्धी सही तथा विश्वसनीय सूचना प्रवाहमा महत्त्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

उहाँले ट्राफिक एफएमको सफल सञ्चालनमा योगदान पुर्‍याउने विभिन्न सरकारी निकाय, स्थानीय तह, सञ्चारकर्मी तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संस्थागत रूपमा अझ सुदृढ बन्न शुभकामना व्यक्त गर्नुभयो ।

प्रहरी संगठनले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै आईजीपी कार्कीले ट्राफिक एफएमले पनि सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत नागरिकसम्म छिटो, भरपर्दो र गुणस्तरीय सुचना पुर्‍याउन थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समयानुकुल, नवप्रवर्तनात्मक र नागरिक केन्द्रित कार्यक्रममार्फत सडक सुरक्षा सम्बन्धी जनचेतना अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी ललितपुर महानगरपालिकाकी निमित्त नगरप्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले स्वागत मन्तव्यसहित एफएमको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ट्राफिक एफएमको १४ वर्षको यात्रा, उपलब्धि तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रहरी उच्च अधिकृत, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी तथा अन्य आमन्त्रित अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech