संवेग न्यूज
ट्रेण्डिङ

नेपालगञ्ज, बाँके, असार ३१। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका-१५ स्थित जमुनाह क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न मोबाइलका पार्टपुर्जा तथा सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रेस विज्ञप्तिअनुसार मोबाइलको डिस्प्ले, मोबाइल ब्याट्री, सोल्डिङ वायर, टुबानीमा प्रयोग हुने सामग्री तथा मानिस र सवारीसाधनसहित अन्दाजी रु. १ लाख ७६ हजार ८ सय ४० बराबरका सामान बरामद गरिएको हो ।

बरामद गरिएका सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech