संवेग न्यूज
ट्रेण्डिङ

धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका-४ बलियाका २१ वर्षीय उज्जल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पदार्थ बरामद गरेको जनाएको छ ।

त्यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरीको संयुक्त टोलीले गोदावरी नगरपालिका-९ निवासी ३५ वर्षीया पार्वती गुरधामीलाई १ सय ७२ ग्राम ९३ मिलिग्राम चरेस जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरेको छ। उनको घरमा गरिएको खानतलासीका क्रममा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, लम्कीचुहा नगरपालिका-४ बलियाकै २३ वर्षीय अमित चौधरीलाई २ सय १० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बिहीबार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech