संवेग न्यूज
ट्रेण्डिङ

लमजुङ | लमजुङमा एक पुरुषको हत्या गरी सुनका गहना लुटिएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका-१ का ३० वर्षीय बिजय लामिछाने र चितवनको भरतपुर महानगरपालिका-२१ का ४३ वर्षीय दिपक विश्वकर्मा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका-८ तामाङ टोल शेरा निवासी ५७ वर्षीय बुद्धि बहादुर बोहरा असार २५ गते बेसीशहर नगरपालिका-१ आकाशेडाँडामाथि रहेको भिरपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले विजय लामिछानेलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले बुद्धि बहादुरमाथि काठको दाउराले प्रहार गरी हत्या गरेको र मृतकले लगाएका सुनको सिक्री तथा औंठी चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट चोरी गरिएका गहना भरतपुर-२१ स्थित दिपक विश्वकर्माले सञ्चालन गरेको मौलाकालिका सुनचाँदी पसल मा बिक्री गरिएको खुलेपछि प्रहरीले उक्त पसलमा खानतलासी गरेको थियो। त्यसक्रममा चोरी भएका सुनका सिक्री र औंठी बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसपछि सुन व्यवसायी विश्वकर्मालाई पनि पक्राउ गरिएको हो ।

प्रहरीले दुवै जनाविरुद्ध कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech