संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं | वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर १४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दावा योञ्जनले सर्बिया र संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै ७ जना पीडितबाट ११ लाख ४५ हजार रुपैयाँ असुलेका थिए । त्यसैगरी अनिल कुमार यादवले मलेसिया पठाइदिने भन्दै २ जना पीडितबाट २ लाख ८७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

उजुरीपछि गरिएको अनुसन्धानका क्रममा दावालाई भक्तपुरको सूर्यविनायकबाट र अनिललाई काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech