बाँके । नेपालगञ्ज उपमहानगरपालिका-६ स्थित फुल्टेक्र क्षेत्रबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डुडुवा गाउँपालिका-४, लालापुरवा निवासी ५५ वर्षीय झलारी वर्मा रहेका छन । उनलाई आइतबार राति अस्थायी प्रहरी बिट फुल्टेक्रबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा ब्राउनसुगर जस्तो देखिने ४ ग्राम ५२ मिलिग्राम पदार्थसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका वर्मामाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

