संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर । धान तथा अन्य बालीकाे  मुख्य सिजन सुरु भएसँगै देशका विभिन्न जिल्लामा रासायनिक मलको अभाव फेरि दोहोरिएको छ । मल नपाउँदा किसानहरू लामो लाइन बस्न, पटक-पटक डिलर तथा कृषि सामग्री केन्द्र धाउन र अन्ततः निराश भएर घर फर्किन बाध्य भएका छन । किसानहरूले हरेक वर्ष दोहोरिने मल अभावको समस्या समाधान गर्न सरकार असफल भएको गुनासो गरेका छन । उनीहरूका अनुसार समयमै मल उपलब्ध नहुँदा खेतीको लागत बढ्ने, उत्पादन घट्ने र कृषि पेसाप्रति नै निराशा बढ्ने गरेको छ ।

यता, स्थानीय स्तरमा मलको सहज आपुर्ति सुनिश्चित गर्न स्थानीय सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्न नसकेको आरोप निजी क्षेत्रका व्यवसायीहरूले लगाएका छन । एक मल व्यवसायीका अनुसार निजी क्षेत्रले मल आपुर्ति तथा उत्पादनमा सहकार्य गर्न इच्छा देखाउँदा पनि आवश्यक सहयोग, अनुमति र समन्वयको अभाव हुने गरेको छ ।

“हामी किसानलाई सहज रूपमा मल उपलब्ध गराउन स्थानीय सरकारसँग सहकार्य गर्न तयार छौं तर चासो नदिने, प्रक्रिया झन्झटिलो बनाउने र आवश्यक पहल नगर्ने प्रवृत्तिका कारण काम अघि बढ्न सकेको छैन,” ती व्यवसायीले भने ।

कृषि क्षेत्रका जानकारहरूका अनुसार नेपालमा रासायनिक मलको ठूलो हिस्सा आयातमा निर्भर भएकाले खरिद प्रक्रिया ढिलो हुनु, अन्तर्राष्ट्रिय बजारको प्रभाव, ढुवानी समस्या तथा वितरण व्यवस्थापन कमजोर हुँदा हरेक वर्ष अभाव दोहोरिने गरेको छ । समयमै खरिद योजना कार्यान्वयन गर्न नसक्दा खेतीको मुख्य सिजनमै किसानले सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ ।

कृषि क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गरिए पनि किसानले आधारभूत कृषि सामग्रीसमेत सहज रूपमा नपाउनु विडम्बना भएको किसानहरूको गुनासो छ । उनीहरू प्रश्न गर्छन-यदि निजी क्षेत्रबाट मल उत्पादन वा आपुर्तिमा योगदान सम्भव छ भने त्यसलाई आवश्यक प्रोत्साहन र सहजीकरण किन गरिँदैन ?

हरेक वर्ष बाली लगाउने सिजनमा उही समस्या दोहोरिने, किसानले लाइनमा बस्ने, मल नपाएर खेती प्रभावित हुने र सरकारले समाधानको प्रतिबद्धता दोहोर्‍याउने अवस्था अन्त्य हुनुपर्ने कृषकहरूको माग छ ।

किसानहरूको एउटै प्रश्न छ-देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने कि किसानलाई सधैं मलको अभावको लाइनमै उभ्याइराख्ने ? सरकारसँग उनीहरूको अपेक्षा स्पष्ट छ-मल सहज रूपमा कहिले उपलब्ध हुन्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech