संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर – असार २८, कोहलपुर बजारमा ट्राफिक लाइट जडानको तयारी अघि बढेसँगै नगरका विभिन्न वडाका स्थानीयवासीले विकासको प्राथमिकतामाथि तीव्र प्रश्न उठाउन थालेका छन । वर्षौंदेखि नालीको अभाव, जलनिकासको समस्या र भत्किएका भित्री सडकसँग जुधिरहेका नागरिकका लागि ट्राफिक लाइटभन्दा आधारभुत पुर्वाधार आवश्यक भएको उनीहरूको तर्क छ ।

स्थानीयका अनुसार सामान्य वर्षामै घर-आँगन जलमग्न हुने अवस्था छ । वर्षायाम सुरु भएसँगै कतिपय बस्तीमा पानी घरभित्र पस्न नदिन नागरिक बाल्टिन र कोदालो बोकेर व्यस्त छन ।कतै नाली नै छैन, कतै भएको नालीले पानी बगाउन सक्दैन । भित्री सडकहरू खाल्डाखुल्डीले भरिएका छन र कतिपय स्थानमा कालोपत्रे उक्किसकेको छ । यस्तो अवस्थामा लाखौं रुपैयाँ खर्च गरेर ट्राफिक लाइट जडान गर्नु “देखाउने विकास” को उदाहरण भएको भन्दै आलोचना बढ्न थालेको हो ।

“हामी सडकका खाल्डा छल्दै यात्रा गरिरहेका छौं, अब सायद खाल्डोमा पस्नुअघि रातो बत्ती र निस्किएपछि हरियो बत्ती बाल्ने योजना होला ।”

कोहलपुरमा सवारी चापका कारण घण्टौं जाम लाग्ने अवस्था सामान्यतया देखिँदैन । त्यसैले अहिलेको सबैभन्दा ठुलो समस्या ट्राफिक व्यवस्थापन हो कि नागरिकको दैनिक सास्ती भन्ने प्रश्न उठिरहेको छ । धेरैले नगरपालिकाले वास्तविक आवश्यकता भन्दा पनि बाहिर देखिने योजनालाई प्राथमिकता दिएको आरोप लगाएका छन ।

स्थानीयले पुर्व-पश्चिम राजमार्ग क्षेत्रमा दैनिक जोखिम मोलेर सडक पार गर्न बाध्य विद्यार्थी, ज्येष्ठ नागरिक र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन । “जहाँ मानिसले सडक पार गर्दा ज्यानको जोखिम छ, त्यहाँ स्काई पुल वा सुरक्षित क्रसिङको आवश्यकता बढी हो,” उनीहरूको भनाइ छ ।

उनीहरूले प्रश्न गरेका छन्, यदि नागरिक सुरक्षाप्रति साँच्चिकै संवेदनशीलता हो भने पैदल यात्रुका लागि स्काई पुल निर्माण किन नहुने ?

नागरिकको धारणा अनुसार विकासको अर्थ केवल उपकरण थप्नु होइन, दैनिक समस्या समाधान गर्नु पनि हो । व्यवस्थित नाली, जलनिकास, हिँड्न मिल्ने सडक र सुरक्षित आवागमनलाई ओझेलमा पारेर देखिने योजनालाई प्राथमिकता दिइए विकास उपलब्धि भन्दा व्यङ्ग्यको विषय बन्ने उनीहरूको भनाइ छ ।

“नागरिकलाई चम्किने बत्तीभन्दा सुरक्षित सडक, व्यवस्थित नाली र हिँड्न मिल्ने बाटो चाहिएको छ।”

कोहलपुरमा अहिले उठेको बहस ट्राफिक लाइटको विरोध मात्र होइन, विकासको प्राथमिकता कसरी निर्धारण गरिन्छ भन्ने मुल प्रश्नसँग जोडिएको छ । नागरिकको जीवन सहज बनाउने योजना अघि बढाउने कि बाहिरबाट देखिने संरचनालाई उपलब्धि मानेर प्रस्तुत गर्ने भन्ने बहसले नगरको विकास मोडलमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech