संवेग न्यूज
ट्रेण्डिङ

ललितपुरमा एक युवतीमाथि सार्वजनिक स्थानमा अशोभनीय तथा अश्लील व्यवहार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले इमाडोल क्षेत्रमा बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेको जनाएको छ । उनी मुलतः बैतडीका बासिन्दा हुन् र शिक्षा क्षेत्रमा कार्यरत सरकारी कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार इमाडोल क्षेत्रमा बाटो हिँडिरहेकी एक युवतीलाई पछ्याउँदै अश्लील हर्कत गरेको आरोप भट्टमाथि लागेको छ । घटनाको क्रममा पीडित युवतीले आफ्नो मोबाइलबाट भिडियो रेकर्ड गरेकी थिइन ।

उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना व्यापक रूपमा चर्चामा आएको थियो । त्यसपछि प्रहरीले भिडियोका आधारमा व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएको जनाएको छ ।

घटनापछि पीडित युवती पनि प्रहरीको सम्पर्कमा पुगेकी छन । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पक्राउ परेका भट्टमाथि सम्बन्धित कानुनी व्यवस्था अनुसार थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech