संवेग न्यूज
ट्रेण्डिङ

असार २१, कोहलपुर – कृषिलाई आधुनिक, व्यवसायिक तथा प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरी किसानहरूलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ ।

नगरपालिकाले कार्यक्रममार्फत २२ एच.पी. क्षमताका ६ थान पावर टिलर कृषि फार्म तथा कृषक समूहलाई, १८ एच.पी. क्षमताका ३ थान पावर टिलर कृषक समूहलाई, ९ एच.पी. क्षमताका ९३ थान मिनी टिलर कृषक, कृषक समूह, कृषि फार्म तथा कृषि सहकारीलाई तथा ३ थान रिपर कृषि फार्म तथा कृषक समूहलाई वितरण गरेको जनाएको छ ।

नगरपालिकाका अनुसार कृषि यान्त्रिकीकरण कार्यक्रमले किसानहरूको श्रम, समय तथा उत्पादन लागत घटाउनुका साथै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । आधुनिक कृषि प्रविधिको प्रयोगलाई विस्तार गर्दै कृषिलाई अझ प्रतिस्पर्धी, उत्पादनमुखी र आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।

कोहलपुर नगरपालिकाले आगामी दिनमा पनि किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै आधुनिक कृषि प्रणालीको विकास, उत्पादन वृद्धि तथा किसानको आयआर्जनमा टेवा पुर्‍याउने योजनालाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

नगरपालिकाले “समृद्ध किसान, आधुनिक कृषि र आत्मनिर्भर कोहलपुर” निर्माणको लक्ष्यलाई साकार पार्न कृषि क्षेत्रमा आवश्यक सहयोग, प्रविधि विस्तार तथा यान्त्रिकीकरणलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech