संवेग न्यूज
ट्रेण्डिङ

नेपालगञ्ज, २० असार । दोस्रो जनआन्दोलन (२०६२/०६३) का क्रममा भत्काइएको स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहको पुर्णकदको शालिक नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित धम्बोझी चोकमा करिब दुई दशकपछि पुनःस्थापना गरिएको छ । शालिक पुनःस्थापना भए पनि यसको औपचारिक उद्घाटन भने अझै हुन बाँकी रहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले  सर्वपक्षीय सहमती गरी नगरपालीकाको पहलमा  शुक्रबार राति क्रेनको सहायताले शालिक स्थापना गरेको जनाएको छ । उपमहानगरपालिका अनुसार दिनको समयमा अत्यधिक सवारी आवागमन हुने भएकाले रातिको समयमा शालिक जडान गरिएको हो भने शालिकको विधिवत् उद्घाटन साउन महिनामा गरिने जानकारी दिएका छन ।

यसअघि के–के भएका थिए ?

धम्बोझी चोकमा रहेको स्वर्गीय राजा वीरेन्द्रको शालिक २०६२/०६३ सालको दोस्रो जनआन्दोलनका क्रममा अन्य राजसंस्थासँग सम्बन्धित संरचनासँगै तोडफोड गरिएको थियो । त्यसयता शालिक पुनःस्थापनाको विषय बेला-बेलामा उठ्दै आए पनि राजनीतिक सहमतिको अभावका कारण कार्यान्वयन हुन सकेको थिएन ।

पूर्वमेयर तथा धवलशम्शेर राणा को कार्यकालमा पनि शालिक पुनःस्थापनाको प्रयास भएको थियो तर त्यसबेला व्यापक राजनीतिक विवाद र विरोधका कारण योजना सफल हुन सकेन भन्ने समाचार सार्वजनिक भएका थिए ।

यसपटक भने जिल्लास्थित राजनीतिक दल, सरोकारवाला पक्ष तथा स्थानीय तहबीच सहमति जुटेपछि नेपालगञ्ज उपमहानगरपालिकाले शालिक पुनःस्थापना गरेको हो । नगर प्रमुख विष्टले “इतिहास संरक्षण स्थानीय सरकारको दायित्व” भएकाले निर्णय कार्यान्वयन गरिएको बताएका छन ।

यसैबीच उपमहानगरपालिकाले आन्दोलनका क्रममा क्षति पुगेका अन्य ऐतिहासिक व्यक्तित्वका शालिकहरूको पुनर्निर्माण कार्य पनि अघि बढाइरहेको जनाएको छ ।

समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा व्यापक प्रतिक्रिया देखिएको छ भने औपचारिक उद्घाटनपछि थप राजनीतिक तथा सामाजिक बहस हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech