संवेग न्यूज
ट्रेण्डिङ

काेहलपुर, बाँके। लामो समयदेखि वर्षा नहुँदा आकाशतिर हेरेर बस्न बाध्य भएका बाँकेका किसानले धान रोपाइँको मुख्य समयमा परेको वर्षापछि राहतको सास फेरेका छन । केही दिनअघिसम्म सिँचाइको अभावमा खेतमा पानी नहुँदा रोपाइँ प्रभावित भएको थियो । कतिपय किसानले महँगो खर्च गरेर मोटरबाट पानी तानेर रोपाइँ गरिरहेका थिए भने धेरै किसान वर्षाको प्रतीक्षामै थिए ।

हाल परेको वर्षाले खेतमा पर्याप्त पानी जम्न थालेपछि रोपाइँ कार्यले गति लिएको छ । किसानका अनुसार समयमै पानी परेकाले धान रोप्न सहज भएको छ र उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। लामो खडेरीका कारण बढेको चिन्ता वर्षापछि केही हदसम्म कम भएको उनीहरूको भनाइ छ ।

यद्यपि, यही वर्षाले जिल्लाका विभिन्न शहरी तथा बजार क्षेत्रमा भने समस्या निम्त्याएको छ । फितलो सडक निर्माण, प्रभावकारी नाली व्यवस्थापनको अभाव तथा ढल निकास अवरुद्ध हुँदा सामान्य वर्षामै सडकमा पानी जमेको छ । विशेषगरी नेपालगञ्जका विभिन्न चोक, बजार क्षेत्र तथा भित्री सडकहरू जलमग्न हुँदा पैदलयात्री, साइकल तथा मोटरसाइकल चालकलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

सडकमा जमेको पानीका कारण सवारीसाधन सञ्चालनमा समेत समस्या देखिएको छ। कतिपय स्थानमा सडक नै पोखरीजस्तै बनेपछि यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन । पानी निकासको उचित व्यवस्था नहुँदा वर्षेनी दोहोरिने समस्या समाधान हुन नसकेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायप्रति गुनासो गरेका छन ।

स्थानीयका अनुसार सडक निर्माणसँगै गुणस्तरीय नाली निर्माण र नियमित सरसफाइमा ध्यान नदिँदा सामान्य वर्षामै सडक डुबान हुने अवस्था सिर्जना भएको हो। उनीहरूले वर्षायाम सुरु भएसँगै यस्ता समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार र सम्बन्धित निकायले प्रभावकारी योजना लागू गर्नुपर्ने माग गरेका छन ।

कृषि क्षेत्रका लागि वर्षा वरदान सावित भए पनि शहरी पूर्वाधारको कमजोरीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको देखिएको छ । एकातिर किसानको अनुहारमा खुसी छाएको छ भने अर्कोतर्फ सडक जलमग्न हुँदा दैनिक जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech