संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, असार ४ – आफूलाई ई-सेवाको कर्मचारी भनेर चिनाउँदै सर्वसाधारणलाई ठगी गर्ने आरोपमा रौतहटको माधव नारायण नगरपालिका-२ निवासी २२ वर्षीय शुभम साह पक्राउ परेका छन्।

प्रहरीको साइबर ब्यूरो, भोटाहिटीबाट खटिएको टोलीले मंगलबार साहलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले ई-सेवाबाट फोन गरेको भन्दै एक सेवाग्राहीलाई सम्पर्क गरी “तपाईंको ई-सेवामा धेरै रिवार्ड पोइन्ट छ, किन प्रयोग नगर्नुभएको?” भन्दै विश्वासमा पारेका थिए।

प्रहरीका अनुसार उनले फोनमार्फत ओटीपी (OTP) कोड प्राप्त गरी पीडितको खाताबाट १ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ रकम ईभोलुसोन ट्रेडिङ प्रालिको ई–सेवा आईडी मा स्थानान्तरण गरेका थिए। उक्त रकम प्रयोग गरी उनले आइफोन खरिद गरेको पनि अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका साहको साथबाट प्रहरीले चार थान मोबाइल फोनचार थान सिमकार्ड बरामद गरेको जनाएको छ।

यस घटनामा थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिइएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोले सर्वसाधारणलाई ओटीपी, पासवर्ड तथा व्यक्तिगत बैंकिङ विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech