संवेग न्यूज
ट्रेण्डिङ

दाङ, असार २ गते – दाङको तुलसीपुर उपमहानगरपालिका-२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर सामाजिक सञ्जालमा युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गरेपछि लागुऔषधसहित पक्राउ परेका छन ।

प्रहरीका अनुसार मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उक्त भिडियोको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८३ असार २ गते आफ्नै घरबाट पक्राउ गरेको हो ।

पक्राउका क्रममा प्रहरीले उनको साथबाट प्रेगामाक्स (Pregamax) १ ट्याब्लेट, ट्रोमो (Trohmo) ४१ ट्याब्लेट, एन्टीकोप(Antikop)  २ ट्याब्लेट र नाइट्राजेपाम (Nitrazohm) ५ ट्याब्लेट बरामद गरेको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार कुटपिटमा परेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech