संवेग न्यूज
ट्रेण्डिङ

सुर्खेत । सुर्खेतको लाटीकोइली-१० का २१ वर्षीय साबिर बक्सको हिरासतमा रहँदा मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा गम्भीर चासो, दुःख र आक्रोश उत्पन्न गरेको छ ।
परिवारका अनुसार साबिर बक्स घरको आँगनमा आमासँग खाना खाइरहेका बेला प्रहरीले “थोरै काम छ” भन्दै बोलाएर लगेको थियो तर भोलिपल्ट उनी जीवित अवस्थामा घर फर्किनुको सट्टा परिवारले उनको शव बुझ्नुपरेको दाबी गरेको छ ।
मृतकका परिवारजनले हिरासतमा रहँदा प्रहरीले कुटपिट गरेका कारण साबिरको मृत्यु भएको आरोप लगाएका छन । परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन, निष्पक्ष छानबिन गर्न र दोषी देखिने जोसुकैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन ।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले विरोध जनाउँदै राज्यको नियन्त्रणमा रहेको व्यक्तिको मृत्यु हुनु अत्यन्त गम्भीर विषय भएकाले यसको स्वतन्त्र र पारदर्शी अनुसन्धान हुनुपर्ने बताएका छन । उनीहरूले यदि साबिर कुनै कसुरमा संलग्न थिए भने पनि कानुनी प्रक्रिया, अदालत र सजायको व्यवस्था विद्यमान रहेकाले हिरासतमै मृत्यु हुनु शंकास्पद र चिन्ताजनक विषय भएको बताएका छन ।
मानव अधिकारकर्मी तथा स्थानीय सरोकारवालाहरूले समेत हिरासतमा हुने मृत्युका घटनामाथि स्वतन्त्र र निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन । उनीहरूको भनाइमा छानबिनबाट प्राप्त निष्कर्षका आधारमा जिम्मेवार व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ र पीडित परिवारले न्याय पाउनुपर्छ ।
यस घटनाबारे सम्बन्धित निकायबाट अनुसन्धान प्रक्रिया अघि बढिरहेको बताइएको छ । यद्यपि घटनाको वास्तविक कारणबारे आधिकारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन। त्यसैले परिवारको आरोप र घटनासम्बन्धी सम्पूर्ण तथ्य स्वतन्त्र छानबिनबाट पुष्टि हुन बाँकी छ ।
पीडित परिवारले निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही तथा न्यायको सुनिश्चितताको माग गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech