संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर, बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बिरामी सुरक्षासम्बन्धी (पेसेन्ट सेफ्टी) अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता मेडिकल डाइरेक्टर प्रा. डा. रेशम बहादुर रानाले गर्नुभएको थियो भने सञ्चालन प्रशासन प्रमुख सञ्जय कुमार पन्तले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्यहरू डा. अजय कुमार शाह, डा. सम्राट पराजुली, डा. प्रतीक श्रेष्ठ तथा डा. विवेक कुमार महतोले बिरामी सुरक्षा, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, संक्रमण नियन्त्रण तथा स्वास्थ्यकर्मीहरूको व्यावसायिक उत्तरदायित्वका विषयमा प्रस्तुति तथा अन्तरक्रिया गर्नुभएको थियो ।

उहाँहरूले स्वास्थ्य सेवा प्रवाहका क्रममा बिरामी सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न स्वास्थ्य संस्थाहरूलाई सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक, पीजी रेजिडेन्ट, इन्टर्न चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सुरक्षित, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न बिरामी सुरक्षासम्बन्धी मापदण्डहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

अस्पताल प्रशासनले बिरामी सुरक्षालाई संस्थागत प्राथमिकतामा राख्दै यस्ता सचेतनामुलक तथा अभिमुखीकरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech