संवेग न्यूज
ट्रेण्डिङ

नेपालगन्ज, जेठ २५ – नेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीया शीला श्रेष्ठको मृत्यु भएको घटनाबारे नेपाल मेडिकल काउन्सिलको विज्ञ टोलीले तीन दिन लगाएर विस्तृत अध्ययन सम्पन्न गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका-४ निवासी श्रेष्ठको गत बिहीबार बिहान उपचारकै क्रममा निधन भएपछि उनका आफन्तले चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए । घटनापछि अस्पताल प्रशासनले उपचारका क्रममा आवश्यक सबै प्रक्रिया अपनाइएको दाबी गर्दै छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा नेपाल मेडिकल काउन्सिलबाट व्यावसायिक आचरण तथा स्वास्थ्य समिति संयोजक डा. अजयकुमार शाहको नेतृत्वमा आएको विज्ञ टोलीले घटनासम्बन्धी अध्ययन गरेको हो । टोलीले मृतकका आफन्त, अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, फरेन्सिक चिकित्सक र सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्नुका साथै सम्बन्धित कागजात तथा प्रमाणहरूको अध्ययन गरेको जनाएको छ ।

छानबिनका क्रममा अस्पतालको सीसीटीभी फुटेजसमेत अध्ययन गरिएको छ । स्रोतका अनुसार श्रेष्ठ आफैं स्कुटी चलाएर अस्पताल पुगेको विषय तथा शल्यक्रियाअघि एनेस्थेसिया चिकित्सकको उपस्थितिलगायत पक्षलाई अनुसन्धानको महत्वपुर्ण आधार बनाइएको छ ।

प्रारम्भिक अध्ययनमा शल्यक्रियाअघि बिरामीका आफन्तबाट आवश्यक स्वीकृति लिइएको देखिए पनि बिरामीलाई पर्याप्त परामर्श (काउन्सिलिङ) प्रदान गरिएको विषयमा केही प्रश्न उठेको अध्ययन टोलीका एक सदस्य डा. सम्राट पराजुलीले बताएका छन ।

टोलीमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली, प्रमुख कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी, भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डे, वरिष्ठ प्लास्टिक सर्जन डा. विनोद कर्ण तथा दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठ सहभागी थिए ।

सोमबार काठमाडौं फर्किनुअघि टोलीले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर मृतकका आफन्तलाई छानबिन प्रक्रियाबारे जानकारी गराएको थियो । यद्यपि पोस्टमार्टम प्रतिवेदन अझै प्राप्त नभएकाले मृत्युको वास्तविक कारणबारे तत्काल निष्कर्षमा पुग्न नसकिने टोलीले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली का अनुसार छानबिन प्रक्रिया सम्पन्न भइसकेको छ । अब संकलित तथ्य, प्रमाण र अध्ययनका आधारमा विस्तृत प्रतिवेदन तयार गरी काउन्सिलसमक्ष पेश गरिनेछ । प्रतिवेदन सार्वजनिक भएपछि मात्रै घटनाबारे आधिकारिक निष्कर्ष आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech