२०८३ जेष्ठ २९
१२ : ५६ : ११
+
+
काठमाडौं, जेठ २५ -जबरजस्ती करणी गरेको अभियोगमा कैलाली र धादिङबाट ५ जना पक्राउ परेका छन ।
प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-१६ निवासी २१ वर्षीय प्रदीप चन्दसहित ३ जनालाई १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार दिउँसो पक्राउ गरिएको हो । पीडित किशोरीको उजुरीका आधारमा अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, धादिङको धुनिवेशी नगरपालिका-४ रूपाखेती गाउँ निवासी ३३ वर्षीय रामशरण रूपाखेतीलाई ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी, धादिङकै खनियावास गाउँपालिका-१ नेक्सा निवासी २८ वर्षीय वर्णबास तामाङलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ । पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको प्रहरीले उनलाई खनियावास गाउँपालिका-४ बाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।