संवेग न्यूज
ट्रेण्डिङ

नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीया एक महिलाको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले घटनाको छानबिनलाई तीव्रता दिएको छ।

डा. अजय कुमार शाहको नेतृत्वमा रहेको काउन्सिलको विज्ञ टोलीले घटनाबारे पीडित परिवार तथा संलग्न चिकित्सकहरूसँग छलफल गरेको छ । टोलीले उपचारसँग सम्बन्धित सम्पूर्ण कागजात नियन्त्रणमा लिएर अध्ययन सुरु गरेको जनाएको छ ।

छानबिन टोलीका सदस्य डा. सम्राट पराजुलीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको वास्तविक कारणबारे थप स्पष्ट हुने र त्यसका आधारमा काउन्सिलमा प्रतिवेदन पेश गरिनेछ ।

मृतकका परिवारजनले भने अस्पतालका डा. राजन महत तथा उपचारमा संलग्न चिकित्सकहरूको लापरबाहीका कारण महिलाको ज्यान गएको आरोप लगाएका छन । परिवारको आरोपपछि केयर सिटी अस्पताल अनुसन्धानको दायरामा आएको हो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech