संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, ४ वैशाख २०८३ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहटका २९ वर्षीय अनन्त कोईराला, गोकर्णेश्वर नगरपालिका-५ बस्ने इलामका ४७ वर्षीय जगत बहादुर खड्का, काठमाडौं महानगरपालिका-२६ बस्ने तारकेश्वर नगरपालिका-६ का ५४ वर्षीय ज्ञानु श्रेष्ठ र भक्तपुर नगरपालिका-१५ बस्ने रामेछापका २२ वर्षीय बिकास श्रेष्ठ रहेका छन ।

प्रहरीका अनुसार, अनन्त कोईरालाले फिनल्याण्ड पठाइदिने भन्दै एक जना पीडितबाट ३१ लाख १५ हजार ८७ रुपैयाँ ठगी गरेका थिए । त्यसैगरी, जगत बहादुर खड्काले कतार पठाइदिने भन्दै १ लाख ३९ हजार रुपैयाँ, ज्ञानु श्रेष्ठले युएई पठाइदिने भन्दै ३ लाख रुपैयाँ र बिकास श्रेष्ठले साइप्रस पठाइदिने भन्दै ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले बुधबार जगतलाई काठमाडौं महानगरपालिका-३ बाट पक्राउ गरेको थियो भने बिहीबार अनन्तलाई काठमाडौं महानगरपालिका-२९, ज्ञानुलाई काठमाडौं महानगरपालिका-२६ र बिकासलाई भक्तपुर नगरपालिका-१० बाट पक्राउ गरिएको हो ।

पक्राउ परेका अनन्त कोईरालालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। अन्य तीन जना-जगत बहादुर खड्का, ज्ञानु श्रेष्ठ र बिकास श्रेष्ठलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सतर्क रहन र आधिकारिक निकायमार्फत मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech