संवेग न्यूज
ट्रेण्डिङ

बैशाख २- विराटनगरमा जारी ३८औँ नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताले रोचक मोड लिएको छ । सेमिफाइनल चरणमा प्रवेशसँगै उपाधि दाबेदार टोलीहरूको स्पष्ट तस्वीर देखिएको छ ।

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले भारतको विर्सामुण्डा स्पोर्ट्स एकेडेमीमाथि ३-१ को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ । खेलमा सुरुआतमा पछि परेको सम्राटले उत्कृष्ट पुनरागमन गर्दै पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गर्नु उल्लेखनीय बनेको छ ।

अब सम्राटले फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग भिड्नेछ  जहाँ दुवै टोलीबीच कडा प्रतिस्पर्धा अपेक्षित छ भने बुधबार हुने पहिलो सेमिफाइनलमा दुई अनुभवी र पुर्व विजेता टोली-नेपाल पुलिस क्लब र झापा-११ बीच भिडन्त हुँदैछ । यस खेलले प्रतियोगिताको उपाधि दावेदारीलाई थप स्पष्ट पार्नेछ ।

५ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । भारतसहित आठ टोली सहभागी रहेको यस संस्करणले नेपाली क्लब फुटबलको प्रतिस्पर्धात्मक स्तरलाई पुनः उजागर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech