संवेग न्यूज
ट्रेण्डिङ

काठमाण्डाै, बैशाख २- सभामुख डोलप्रसाद अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि “कानुन सबैका लागि समान” भन्ने सन्देश फेरि एकपटक पुष्टि भएको छ । बुधबार थापाथली क्षेत्रमा लेन उल्लंघन गरेको आरोपमा सभामुखको गाडीसहित अगाडि-पछि रहेका सवारी साधनलाई ट्राफिक प्रहरीले रोकेर कारबाही गरेको हो । स्रोतका अनुसार नियम मिचिएपछि ट्राफिक प्रहरीले सिधै सिंहदरबार पुगेर तीन वटा गाडीलाई चिट काटेकाे थियो ।

यो घटनाले उच्च पदस्थ व्यक्तिका सवारी साधनसमेत ट्राफिक नियम उल्लंघन गरे कारबाहीबाट अछुतो नरहने संकेत दिएको छ । सर्वसाधारणले लामो समयदेखि उठाउँदै आएको “विशेष सवारीलाई छुट” भन्ने गुनासोका बीच यस्तो कदमलाई सकारात्मक रूपमा हेरिएको छ ।

सभामुखका स्वकीय सचिव नवराज पाण्डेले भने चालक परिवर्तनका कारण घटना भएको स्पष्ट पारेका छन । उनका अनुसार यसअघि नै चालकहरूलाई ट्राफिक नियम कडाइका साथ पालना गर्न निर्देशन दिइएको थियो ।

यस घटनाले राजधानीमा ट्राफिक अनुशासन कार्यान्वयन कत्तिको प्रभावकारी बन्दैछ भन्ने प्रश्नसँगै नियम पालनामा सबै पक्ष जिम्मेवार हुनुपर्ने सन्देश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech