चैत्र २९, कोहलपुर – सञ्चारिका समुह नेपाल, बाँके शाखाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम केक काटेर भव्य रूपमा सम्पन्न गरेको छ ।
कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा चैत २९ गते दिउँसो २ बजे आयोजित उक्त कार्यक्रममा सञ्चार क्षेत्रसँग आबद्ध पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता सञ्चारिका समुह बाँकेकी अध्यक्ष पवित्रा परियारले गरेकी थिइन भने नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहको प्रमुख अतिथीको रुपमा उपस्थिति रहेको थियो । त्यस्तै, विशिष्ट अतिथिका रूपमा प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप वाग्ले, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान का.वा. अध्यक्ष संगीन शर्मा, प्रेस सेन्टर बाँकेका जिल्ला सचिव पुष्प राज हमाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, कोहलपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गिरीधारी शर्मा तथा सञ्चारिका समुहकी संस्थापक अध्यक्ष अक्षरी पोखरेल लगायत विभिन्न पत्रकार संगठनका पदाधिकारी एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा २०८३ सालको भित्तेपात्रो विमोचन गरिएको थियो साथै नयाँ वर्षको अवसर पारेर सहभागीहरूबीच शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले सञ्चार क्षेत्रमा महिला पत्रकारहरूको भुमिका, योगदान र चुनौतीबारे चर्चा गर्दै आगामी दिनमा अझ सशक्त र प्रभावकारी सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।
सञ्चारिका समुह नेपाल, बाँके शाखाले स्थापना कालदेखि नै महिला पत्रकारहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा अधिकार सुनिश्चितताका क्षेत्रमा सक्रिय भुमिका निर्वाह गर्दै आएको छ । स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले संस्थाको योगदान र सक्रियतालाई अझ उजागर गरेको सहभागीहरूले बताएका छन ।
कार्यक्रम संचालन संचारीका समुह बाँकेकी कोषाध्यक्ष धना के. सी ले गरेकी थिइन ।


