संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं – दान बहादुर कार्कीले नेपाल प्रहरीलाई नागरिक केन्द्रित सेवा प्रवाहमा अझ प्रभावकारी बनाउन कडा निर्देशन दिनुभएको छ । भर्चुअल माध्यमबाट बुधबार गरिएको सम्बोधनमा उहाँले सेवाग्राहीको समस्या र गुनासोलाई प्राथमिकतामा राख्दै पारदर्शी, छिटो र कानुनसम्मत सेवा सुनिश्चित गर्न जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा हुने बिचौलिया गतिविधि तत्काल नियन्त्रण गर्न निर्देशन दिँदै यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन स्पष्ट सन्देश दिनुभयो । उहाँका अनुसार सेवाग्राहीलाई सहज बनाउन प्रत्येक कार्यालयमा ‘नागरिक सहजकर्ता’ व्यवस्था गरिनुका साथै सेवा प्रगतिको जानकारी एसएमएसमार्फत दिनुपर्नेछ ।

शुन्य सहनशीलताको नीति लागु गर्दै निष्पक्ष र गुनासो रहित सेवा प्रवाहमा सबै प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । अपराध अनुसन्धानलाई पारदर्शी र तथ्यमा आधारित बनाउनुपर्ने उल्लेख गर्दै सीमा नाका, तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोत दोहन नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइयो ।

त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, सुरक्षा योजना कार्यान्वयन र प्रभावकारी प्रहरी परिचालनमा समेत ध्यान दिनुपर्ने बताइएको छ । विपद् व्यवस्थापनमा पूर्वतयारी, अभ्यास र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सम्भावित जोखिम न्युनीकरणका लागि प्रहरी सधैं तयारी अवस्थामा रहनुपर्ने कार्कीले उल्लेख गर्नुभयो ।

भीड नियन्त्रणमा विगतका कमजोरी सुधार गर्दै आवश्यक अवस्थामा मात्र बल प्रयोग गर्ने सिद्धान्त अपनाउनुपर्ने निर्देशन पनि दिइएको छ । साथै सामाजिक सञ्जाल प्रयोग गर्दा समेत उच्च व्यावसायिकता कायम राख्न प्रहरी कर्मचारीलाई सचेत गराइएको छ ।

कार्यक्रममा सुशील सिंह राठौर, उमा प्रसाद चतुर्बेदी र अबि नारायण काफ्ले लगायतले पनि समसामयिक विषयमा धारणा राख्नुभएको थियो । देशभरका विभिन्न प्रहरी इकाइका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको उक्त कार्यक्रमले सेवा सुधारमा नयाँ दिशानिर्देश दिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech