संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, चैत २२ — लामो समयदेखि रोकिएको मतदाता नामावली संकलनको काम आजदेखि पुनः सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका कारण गत मंसिरदेखि स्थगित गरिएको यो प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको हो ।

निर्वाचन आयोगको चैत १८ गतेको निर्णयअनुसार अब नागरिकहरूले आफ्नो विवरण अद्यावधिक गर्न र नयाँ नाम दर्ता गर्न सक्ने भएका छन । विशेषगरी राष्ट्रिय परिचयपत्र प्राप्त नागरिकहरूले अनलाइनमार्फतै सजिलै नामावलीमा समावेश हुन सक्ने व्यवस्था मिलाइएको छ ।

जसले राष्ट्रिय परिचयपत्र बनाइसकेका छैनन्, उनीहरूले ‘प्रि-इनरोलमेन्ट’ प्रणाली प्रयोग गरेर अनलाइन फारम भर्नुपर्नेछ । त्यसपछि फोटो र औंठाछापसहितको जैविक विवरण दिन सम्बन्धित निर्वाचन कार्यालयमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।

यससँगै मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, बसाइँसराइ वा मृत्युका विवरण अद्यावधिक गर्ने काम पनि अब अनलाइनबाटै गर्न सकिनेछ। मतदाताले आफ्नो नाम, ठेगाना वा मतदान स्थल पनि आवश्यकताअनुसार परिवर्तन गर्न पाउनेछन ।

आयोगले सबै योग्य नागरिकलाई सक्रिय रूपमा सहभागिता जनाउन आह्वान गर्दै, आफ्नो मतदाता विवरण समयमै अद्यावधिक गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech