२० चैत, जनकपुरधाम । धनुषाको लालगढबाट एक सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास क्षेत्रीय कार्यालयको टोलीले आज बिहान उनलाई कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा अनावश्यक अवरोध सिर्जना गरी घुस माग गरेको उजुरीको आधारमा निगरानीपछि पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई ४० हजार रुपैयाँ घुससहित फेला पारेको छ । अख्तियारले अहिले थप अनुसन्धान जारी राखेको छ ।

