संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर । समता स्कुलले महिलाहरुका लागि एक दिने पाठेघरको स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।समता स्कुल कोहलपुरको आयोजना तथा कौसिल्या अस्पतालको प्राविधिक सहयोग उक्त निशुल्क शिविरको आयोजना गरिएको थियो ।

यूनतम शुल्ल तथा सम्मान शुल्कमा अध्यापन गर्दै आइरहेको समता स्कुल कोहलपुरले बार्षिक कार्यक्रम अन्तगर्त महिलाहरुका निम्ति निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको समता स्कुलका कार्यकारी निर्देशक रबि रोकायाले बताए । उनले गुणस्तरीय शिक्षासँगै स्वास्थ्य जीवनयापन हुनु स्वाथ्य शिविरको मुख्य उदेश्य रहेको बताए ।

त्यसै गरी कार्यक्रममा कौसिल्या अस्पतालका कार्यकारी निर्देशक शंकर न्यौपानेले सामाजिक उत्तरदायित्व निर्वाह अन्तगर्त अस्पतालले विभिन्न संघ संस्था विद्यालयहरुसँगको सहकार्यमा शिविर सञ्चालन गर्दे आइरहेको बताए ।उनले यहाँ बाट थप उपचार आवश्यक परेको खण्डमा अस्पतालले २० प्रतिशत सम्म छुट दिने जानकारी समेत दिए ।

निशुल्क शिविरमा १ सय १३ जनाले सेवा लिइएको समता स्कुलले जनाएको छ।शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विनय विक्रान्त शाह लगाएतको समुहले शिविरमा सहजीकरण गरेका थिए। शिविरमा निशुल्क रुपमा औषधी समेत उपलब्ध गराइएको थियो।कार्यक्रममा समता स्कुलका विद्यालय विकास समितिका अध्यक्ष निम बहादुर वलीको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech