संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर । यही फागुन २८ गतेदेखि सञ्चालन हुने कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता को तयारी तीव्र रूपमा अगाडि बढाइएको छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा आवश्यक पूर्वाधार निर्माणदेखि प्रचार-प्रसारसम्मका कामलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका संयोजक विनायक गिरी का अनुसार कोहलपुरमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको टि-२० क्रिकेट प्रतियोगिताका लागि सबै तयारी तीव्र पारिएको हो । उनका अनुसार कोहलपुर–११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले पिच निर्माण, मैदान व्यवस्थापन र प्रचार-प्रसारको काम धमाधम भइरहेको छ ।

गिरीले क्रिकेटका माध्यमबाट कोहलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू विनोद भण्डारी, भिम सार्कीकुशल मल्ल लगायतको सहभागिता रहने जानकारी उनले दिए ।

प्रतियोगितामा ६ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमहरूमा युनाइटेड क्लब, कोहलपुर स्पोर्ट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, एस.के. कलेज धनगढी, न्यू होराइजन भैरहवा र ब्राइडल्याण्ड स्कुल रहेका छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक दिन दुई वटा खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक Campa Beverage रहेको छ भने अन्य सह-प्रायोजकहरू पनि रहने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा कोहलपुर नगरपालिका संरक्षकको रूपमा रहनेछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा पारस खड्का उपस्थित रहनेछन् । त्यस्तै राष्ट्रिय कलाकार टंक तिमिल्सीना को पनि विशेष प्रस्तुति रहने बताइएको छ । खेल हेर्न आउने दर्शकका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आतिथ्यता सिद्धार्थ होटल ले गर्नेछ भने समन्वय बाँके जिल्ला क्रिकेट संघ को रहनेछ । पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेक बहादुर क्षेत्री ले प्रतियोगिताले कोहलपुरको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यस प्रतियोगिताको मिडिया कोअर्डिनेटर संजय मण्डल रहेका छन् । आयोजकले प्रतियोगितालाई सफल बनाउन तथा खेलाडीहरूलाई हौसला दिन मैदानमै उपस्थित भएर खेल अवलोकन गर्न सबै खेलप्रेमीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech