संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, कञ्चनपुर, मकवानपुर, कैलालीसप्तरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकी खसिबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्पेन १ सय ट्याब्लेट, प्रिग्याब्लिन २ सय ट्याब्लेट र टापेन्टाडोल ५० ट्याब्लेटसहित २ जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं नैकाप बस्ने महोत्तरी घर भएका २८ वर्षीय रूपेश कुमार राउत र रौतहट चन्द्रपुर घर भएका २२ वर्षीय दानिस मगर रहेका छन्। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले बा.६० प २४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–२ भासीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्रामसहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय बाल चन्द्र धामी र भिमदत्त नगरपालिका-४ बस्ने २१ वर्षीय अभिषेक चन्द रहेका छन । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति नियन्त्रणमा लिएको हो ।

यसैगरी कञ्चनपुरकै बेलौरी नगरपालिका-८ खजुवा टोलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय १० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-२ वाणी बस्ने २६ वर्षीय दिपक भट्ट समेत ३ जनालाई गए राति पक्राउ गरिएको छ । प्रहरी चौकी पचुइबाट खटिएको टोलीले सु.प.प्र. ०१–०१० प ७८८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

मकवानपुरको थाहा नगरपालिका-२ अंगारेबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १२ ट्याब्लेट, स्पाईन ३० ट्याब्लेट, ट्रामाडोल ३० ट्याब्लेट, स्ट्यागन १० ट्याब्लेट र नगद ३३ हजार १ सय ९० रुपैयाँसहित थाहा नगरपालिका-२ इन्द्रायणीबस्ती देउलाटोल बस्ने २५ वर्षीय सागर देउला शनिबार दिउँसो पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बा.३१ प ३३३४ नम्बरको मोटरसाइकल चालक देउलालाई नियन्त्रणमा लिएको हो ।

कैलालीको गोदावरी नगरपालिका-९ बल्मीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित गौरीगंगा नगरपालिका-९ बल्मी बस्ने ३२ वर्षीय सञ्जय चौधरीलाई शनिबार राति पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी सप्तरीको बलान बिहुल गाउँपालिका-२ दिगियाबाट ४५ वर्षीय किशुन देव यादव समेत २ जनालाई करिब ५८ किलो ८ सय ग्राम गाँजा जस्तो देखिने पदार्थसहित गए राति पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले किशुनको निर्माणाधीन घरबाट उक्त गाँजा बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech