संवेग न्यूज
ट्रेण्डिङ

१७ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ ।

दूतावासले ‘एड्भाइजरी–२’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अन्योल र भ्रम सिर्जना हुन सक्ने भएकाले यस्तो कार्य नगर्न सबैलाई सचेत गराइएको छ ।

साथै, परिस्थितिसम्बन्धी फोटो तथा भिडियो खिचेर पोस्ट गर्दासमेत जिम्मेवार बन्न दूतावासले अपिल गरेको छ । सूचनामा संयुक्त अरब इमिरेट्स सरकारका सम्बन्धित निकायले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुने चेतावनी जारी गरिसकेको उल्लेख छ । त्यसैले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय कानुनको पूर्ण पालना गर्न र अफवाह फैलाउने कार्यबाट टाढा रहन दूतावासले आग्रह गरेको छ ।

दूतावासले विकसित परिस्थितिबारे सही र आधिकारिक जानकारीका लागि यूएईका सरकारी निकायका वेबसाइट तथा आधिकारिक सूचनामार्फत मात्र अपडेट लिन अनुरोध गरेको छ ।

यूएईका सरकारी निकायबाट जारी हुने सूचना तथा अपडेटलाई मात्र आधार मानी समाचार सम्प्रेषण गर्न दूतावासले आग्रह गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech