संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर, बाँके – कोहलपुर नगरपालिका-५ स्थित ब्रिज ईन्टरनेशनल स्कुलले आफ्नो पाँचौं फाउन्डर कप तथा वार्षिक उत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सृजनशीलता र अनुशासनको उत्कृष्ट प्रस्तुति देखिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सभापति शिव कुमार पौडेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी उपस्थित रहिन् । कार्यक्रम सञ्चालन चन्द्र पंगाली, रितु लावड र रोशनी शाहीले संयुक्त रूपमा गरेका थिए ।
उत्सवको अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, जनचेतनामूलक नाटक तथा आफूहरूले तयार पारेका कला सामग्री र नवप्रवर्तन (इनाभेसन) हरूको प्रदर्शनी गरेका थिए । सामाजिक विकृति, वातावरण संरक्षण, शिक्षा र अनुशासनजस्ता विषय समेटिएका प्रस्तुतिले अभिभावक र अतिथिहरूको ध्यान आकर्षित गरेको थियो । प्रदर्शनीमा विज्ञान, प्रविधि तथा सिर्जनात्मक कलासम्बन्धी सामग्रीहरू राखिएको थियो, जसले विद्यार्थीहरूको व्यावहारिक सीप र क्षमता उजागर गरेको विद्यालयले जनाएको छ ।
चार दिनसम्म सञ्चालन गरिएको खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ‘हाउस अफ द इयर’ उपाधि एलो हाउस सगरमाथाले २३३ अंकसहित उचालेको थियो भने मार्चपासतर्फ अन्नपूर्ण हाउसले उपाधि जितेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि संगिता सुवेदी ले विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा दिएको प्राथमिकताको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने बताइन् । उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि स्थानीय तह सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गरिन् ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख, सामाजिक शाखा प्रमुख, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिताले उत्सव अझ प्रभावकारी र उत्साहपूर्ण बनेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech