संवेग न्यूज
ट्रेण्डिङ

पुष ७, काठमाण्डाै ।  पहिला नामै नसुनिएको एउटा समूहले गरेको बन्दको आह्वानका कारण सोमवार काठमाडौँ उपत्यकाका विद्यालयहरूमा शैक्षिक गतिविधि प्रभावित भएको छ । सुरक्षा चिन्ताका कारण धेरै विद्यालयहरू खुलेनन् भने केही विद्यालयहरूले वैकल्पिक रूपमा अनलाइन कक्षा सञ्चालन गरेका छन् ।

यस विषयमा प्रतिक्रिया दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बन्द आह्वान गर्ने समूहले राखेका सबै माग सम्बोधन गर्न सकिने खालका नभएको बताएका छन् । उनले विद्यार्थी र शिक्षकको सुरक्षालाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै आवश्यकताअनुसार विद्यालयहरूलाई सुरक्षा व्यवस्था उपलब्ध गराइने स्पष्ट पारे। मन्त्री पुनले विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्न आग्रहसमेत गरेका छन् ।

यसैबीच निजी तथा आवासीय विद्यालयहरूको एउटा सङ्गठनले विज्ञप्ति जारी गर्दै विद्यालयलाई “शान्तिक्षेत्र” का रूपमा सम्मान गर्न आग्रह गरेको छ। सङ्गठनले कुनै पनि प्रकारका आन्दोलन वा दबाबका कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई निसाना नबनाउन सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ ।

बन्दका कारण अभिभावक र विद्यार्थीहरू अन्योलमा परेका छन् भने सरोकारवालाहरूले शैक्षिक वातावरण सुरक्षित र नियमित बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech