संवेग न्यूज
ट्रेण्डिङ

कोहलपुर । पुष १, बाँके । नागरिकताको अभाव, पारिवारिक उपेक्षा र न्याय नपाएको पीडाले एक युवतीको जीवन मात्र होइन, उनका बाबुको आशा पनि समाप्त गरिदिएको छ। यही घटनासँग जोडिएर मृतक अञ्जु थारुका श्रीमान अनिल थारुलाई प्रहरीले पक्राउ गरेको छ।
बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुले गत कात्तिक २२ गते घरमै आत्महत्या गरेकी थिइन्। घटनापछि फरार रहेका उनका श्रीमान २६ वर्षीय अनिल थारुलाई बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनिल स्थायी रूपमा बढैयाताल–४ का बासिन्दा भए पनि हाल कोहलपुर–६ मा बस्दै आएका थिए।
अञ्जुको मृत्युपछि अनिलविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोगमा ईलाका प्रहरी कार्यालय मैनापोखरमा मुद्दा दर्ता गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार अनिललाई अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार अनिलले मन्दिरमा सिन्दुर हालेर अञ्जुलाई घर भित्र्याएका थिए। दाम्पत्य जीवनकै क्रममा अञ्जुले छोरी अनितालाई जन्म दिएकी थिइन्। तर, सन्तान जन्मिएपछि अनिलले अञ्जुप्रति जिम्मेवारी लिन छोडेपछि उनी माइती घर बस्न बाध्य भइन्।
पतिबाट उपेक्षित बनेकी अञ्जुले अंश माग गर्दै अदालतको ढोका ढकढक्याएकी थिइन्। अदालतले अनिलले पाउने अंशबाट अञ्जु र उनकी छोरीलाई दिनुपर्ने फैसला सुनाए पनि त्यो कार्यान्वयन हुन सकेन। नागरिकता नहुँदा अञ्जुलाई कानुनी हक प्राप्त गर्न थप समस्या भयो।
नागरिकता प्राप्तिका लागि गरेको लामो प्रयास असफल भएपछि अञ्जुले अन्ततः जीवन समाप्त गर्ने कठोर निर्णय लिइन्। छोरीको न्यायका लागि संघर्ष गर्दै आएका उनका ६१ वर्षीय बाबु कान्छा थारूले पनि चार दिनपछि आत्महत्या गरेपछि यो घटनाले समाज र राज्य व्यवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको छ।
यो घटना केवल पारिवारिक विवाद मात्र नभई नागरिकता, न्याय र सामाजिक सुरक्षाको कमजोर पक्ष उजागर गर्ने गम्भीर सामाजिक पीडा बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech