संवेग न्यूज
ट्रेण्डिङ

२९ मंसिर, नेपालगञ्ज । नेपालगञ्जको त्रिभुवन चोक क्षेत्रमा प्रहरीले ठूलो परिमाणको नगदसहित एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक सुनिलकुमार बानियाँको साथबाट भारतीय रुपैयाँ र नेपाली रुपैयाँ गरी कुल चार लाख ७२ हजारभन्दा बढी रकम बरामद गरिएको हो। बरामद रकममा भारतीय रुपैयाँ ५ सय दरका ६४५ थान, १ सय दरका ५०२ थान तथा नेपाली रुपैयाँ १ हजार दरका १ सय थान रहेका छन्।

प्रहरी नायब उपरीक्षक दीपक पातलीले विशेष सूचनाका आधारमा निगरानी बढाइएका क्रममा उक्त रकम फेला परेको जानकारी दिँदै थप अनुसन्धानका लागि बानियाँलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाउने तयारी भइरहेको बताए। उनका अनुसार बरामद रकमको वास्तविक स्रोत खुल्न बाँकी रहेकाले घटनाबारे विस्तृत छानबिन अघि बढाइएको छ।

स्थानीय बजार क्षेत्रमा नगद कारोबार बढ्दै गएका बेला स्रोत पुष्टि नभएको रकम भेटिनु गम्भीर विषय भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech