संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनीस्थित इलाका प्रहरी कार्यालयमा हिरासत तथा कैदीबन्दीलाई अध्ययन गर्ने अवसर उपलब्ध गराउन सानो पुस्तकालय स्थापना गरिएको छ।

महाकाली फिड प्रा.लि.को सौजन्यमा कार्यालयलाई पुस्तक र कपडा राख्न मिल्ने दराज हस्तान्तरण गरिएको छ भने प्रजना बुक्स एण्ड स्टेशनरी प्रा.लि.ले २५ वटा पुस्तक सहयोग गरेको हो।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगत गाह मगरले हिरासतमा रहेका थुनुवा तथा कैदीहरूले नयाँ र सकारात्मक कुरा सिकून् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बताए।

महाकाली फिड प्रा.लि.का सञ्चालक गोविन्द भट्टले जेल केवल सजाय दिने थलो नभई सुधार केन्द्र भएको उल्लेख गर्दै, सहयोग गरिएको सामग्रीले कैदीबन्दीहरूको सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, प्रजना बुक्स एण्ड स्टेशनरिका प्रो. दिल बहादुर सिजालीले निराशा र नकारात्मक सोचमा फस्ने सम्भावना रहने कैदीबन्दीहरूले पुस्तक अध्ययनमार्फत सकारात्मक सोच विकास गर्न सक्ने विश्वास व्यक्त गरे।

यस सहयोगले कैदीबन्दीहरूको आत्मसुधारमा योगदान गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech