संवेग न्यूज
ट्रेण्डिङ

दोधारा — काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको विभत्स हत्या भएको घटनाको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आयोजनामा शनिबार महेन्द्रनगर बजारमा पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो।

शुक्रबार राजावादी समूहको आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर आगो लगाएका थिए, जसका कारण उनको मृत्यु भएको थियो। सोही आन्दोलनका क्रममा कान्तिपुर, अन्नपूर्ण पोस्ट लगायतका मिडिया हाउसहरूमा समेत तोडफोड गरिएको थियो।

नेपाल पत्रकार महासंघ कञ्चनपुरले पत्रकारमाथि गरिएको आक्रमण र हत्याको घोर भर्त्सना गर्दै दोषीलाई अविलम्ब कानूनी कारबाही गर्न माग गरेको छ। महासंघका प्रतिनिधिहरूले स्वतन्त्र पत्रकारितामाथि हमला हुनु लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन्।

महेन्द्रनगर बजार परिक्रमा गरेको विरोध र्‍याली मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा पत्रकार महासंघका नेताहरूले निष्पक्ष पत्रकारितामा धावा बोल्ने कार्य अस्वीकार्य भएको भन्दै कडा कदम चाल्न सरकारलाई चेतावनी दिए।

नेपाल पत्रकार महासंघले देशभर पत्रकार सुरक्षाका लागि थप आन्दोलनका कार्यक्रमहरू गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech