संवेग न्यूज
ट्रेण्डिङ

सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् ।

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

मन्त्री चौधरीले दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको बताए ।
चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन् ।

अडियोमा सुनिएजस्तो त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको उनी बताउँछन् ।

प्रदेशका मुख्यमन्त्रीको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको दाबी समेत गरिएको छ । सार्वजनिक अडियोमा दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ ।

तर मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए । अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वन सम्बन्धी अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी मन्त्री चौधरीको छ ।

उनले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech