संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, १७ भदौ – अविरल वर्षासँगै जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। नगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख अमृत बि.क.का अनुसार हालसम्म करिब १५७ परिवार प्रभावित भएका छन्।

नगरपालिका–३ पटरा खल्ला टोलमा नदीको पानी पस्दा २४ परिवारका ५० जना विस्थापित भएका छन्। उनीहरूलाई जमुना आधारभूत विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ।

नगरपालिका–८ को रामपुरे टापुमा ५२ परिवार र जर्का टोलका २७ परिवारसहित ८२ जना प्रभावित भएका छन्। त्यस्तै सुन्दरनगर क्षेत्रमा १७ घर डुबानमा परेका छन्। प्रभावित परिवारलाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको विपद् शाखाले जनाएको छ।

नगरपालिका–१० शान्ति टोलका ३७ परिवारका करिब ५० जना सर–समान र चौपाया सहित अम्बिका माध्यमिक विद्यालय सारिएको छ।

शाखा प्रमुख बि.क.का अनुसार पानी नघटेसम्म प्रभावितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech